TED Talks with Nepali transcript

लाउरा भ्यानडेरकम: फुर्सदको समयलाई कसरी सदुपयोग गर्ने

TEDWomen 2016

लाउरा भ्यानडेरकम: फुर्सदको समयलाई कसरी सदुपयोग गर्ने
9,660,409 views

प्रत्येक हप्तामा १६८ घण्टा हुन्छ / अत्यावश्यक कामको लागि हामीले कसरी समय निकाल्छौ ? टाइम म्यानेजमेन्ट बिशेषज्ञ लाउरा भ्यानडेरकमले व्यस्त व्यक्तिहरु कसरी जीवन बिताउछन् भन्ने बिषयमा अध्ययन गरेर के पत्ता लगाइन भने, हामी आवश्यकता भन्दा निकै बढी समय काममा व्यस्त रहने अनुमान गर्छौ जबकि हामी संग रहने समयको भने हामीले अति कम अनुमान गर्छौं / उनले केहि व्यवहारक रणनीति बनाएर हामीलाई आवश्यक बढी समय निकाल्ने र त्यो समय "हामीले चाहेको जीवन हामी संग भएको समयले निर्माण गरौँ" भन्ने आशय व्यक्त गरेकी छिन् /

कियो स्टार्क: अपरिचित व्यक्तिसंग किन कुरा गर्नु आवश्यक छ

TED2016

कियो स्टार्क: अपरिचित व्यक्तिसंग किन कुरा गर्नु आवश्यक छ
3,055,719 views

"जब तपाईं अपरिचित व्यक्तिसंग कुरा गर्नुहुन्छ - तपाई आफ्नो र उनीहरुको दैनिक जीवनमा केही छाप छोड्दै हुनुहुन्छ " - कियो स्टार्कको बिचारमा / यस दिलचस्प कुराकानीमा स्टार्क अपरिचित संगको वर्तालापको गलत धारणाको बारेमा उल्लेख गर्दै नया मानिस संगको कुराकानीले जीवनमा लेराउने महत्वपूर्ण विषयको बारेमा उल्लेख गर्दैछिन् /

शाओलान हु: चाइनिज राशीको बयान

TED2016

शाओलान हु: चाइनिज राशीको बयान
2,804,498 views

विश्व जनसंख्याको एकचौथाईले चाइनिज राशीको खुबै विचार गर्छ । तपाईं यसमा विश्वास गर्नुहुन्न भने पनि थाहा पाईराख्नु राम्रो भन्छिन् टेक्नोलोजिस्ट एवं व्यवसायी शाओलान हु । यो रमाइलो तथा जानकारीमुलक व्याख्यानमा शाओलान हु यस पुरातन प्रबिधिबारे बुझ्ने तरीका बताउनको साथै, आफ्नो व्यक्तित्व, जीविका, विवाह आदिको बारेमा गरिने विश्वासको बारेमा बताउछिन् । तपाईंको राशिले के भन्छ त ?

माइकल बोडेकर: यो  Virtual Lab ले विज्ञानको कक्षामा आमूल परिवर्तन गर्ने छ

TEDxCERN

माइकल बोडेकर: यो Virtual Lab ले विज्ञानको कक्षामा आमूल परिवर्तन गर्ने छ
1,363,923 views

Virtual Reality अब कुनै टाढाको कुरा रहेन, न त अब केवल खेल वा मनोरंजनमा मात्रै सीमित रह्यो । माइकल बोडेकर गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुर्याउन यो प्रविधिको उपयोग गर्न खोज्दैछन् । यो रमाइलो कुराकानीमा उनी एउटा प्रविधिको नमूना देखाउदै छन, जसले वर्तमान विज्ञान शिक्षण प्रविधिमा आमूल परिवर्तन लेराउने छ ।

सराह ग्रे: मेरो छोराको छोटो जिन्दगीले कसरी दीर्घकालिन प्रभाव पार्यो

TEDMED 2015

सराह ग्रे: मेरो छोराको छोटो जिन्दगीले कसरी दीर्घकालिन प्रभाव पार्यो
1,543,224 views

सराह ग्रे ले जब आफ्नो गर्भमा रहेको बच्चा Anencephaly नामक रोगबाट पिडित र छोटो आयुको मात्रै छ भन्ने थाहा पाइन, उनले बच्चाको अंग बैज्ञानिक अनुसन्धानको लागि दान दिएर त्यो पारीवारिक पीडालाई एउटा असाधारण उपहारमा बदल्ने निधो गरिन् । जीवन र आविस्कारको यो संघर्षमा उनि क्षति भित्रको प्राप्तिको बारेको आफ्नो अनुभब अरु पिडित परिवारलाई सुनाउदै छिन ।

अमिरा हारोउडा: गाजाका घटनाहरु बाहिर लेराउन, किन म आफ्नो जीवन दाउमा लगाउछु

TED2016

अमिरा हारोउडा: गाजाका घटनाहरु बाहिर लेराउन, किन म आफ्नो जीवन दाउमा लगाउछु
1,102,156 views

अमिरा हारोउडा गोलि चलेको वा बम पड्केको आवाज सुन्नासाथ त्यतै दौडीहाल्छिन । गाजा क्षेत्रकि महिला संचारकर्मी अमिरा भन्छिन - "म त्यो घटनास्थलमा पुग्ने पहिलो व्यक्ति बन्न चाहन्छु, किनकि त्यहाँको बिषयबस्तु बाहिर आउनुपर्छ ।" देशको डरलाग्दो अवस्थाको बाबजुदपनि, उनि बिदेशी संचारकर्मीलाइ युद्ध र घटनास्थलको पथ प्रदर्शन गराउने आफ्नो कामलाई मन पराउछिन । यो महत्वपुर्ण कुराकानीमा अमिरा गाजाका महिलाहरुको आवाज बाहिर प्रस्तुतगर्ने उनको आँटको कारण सुनाउदैछिन् ।

अदिति गुप्ता: महिनावारीको बिषयमा नि:संकोच छलफल

TEDxGatewayWomen

अदिति गुप्ता: महिनावारीको बिषयमा नि:संकोच छलफल
1,676,262 views

यो सत्य हो: महिनावारीको बारेमा कुरा गर्दा धेरै मानिसहरुलाई लाज लाग्छ । यहि अन्धविश्वासको कारण: भारतमा, १० मा ३ जाना युबतिहरुलाई पहिलो पटक रजस्वला भैसक्दा सम्म पनि, महिनावारीको बारेमा जानकारी छैन । महिनावारिलाई लाजको बिषयको रुपमा हेरिंदा बढ्दो उमेरका युवतीहरुलाई यसले मानसिक र शारीरिकरुपमा हानि गरेको छ । त्यस्तै बाताबरणमा हुर्किएकि अदिति गुप्ता- युबतीहरु, अभिभावक, शिक्षकहरुलाई सहजरुपमा, बिना लाज महिनावारीको बारेमा जानकारी गराउन प्रयत्नरत छिन् । यहाँ उनि आफ्नो संघर्षको कथा प्रस्तुत गर्दैछिन ।

छेरिङ् तोग्बे: यो मुलुक कार्वन सन्तुलन गर्ने मात्र होइन - यो त कार्वन ऋणात्मक पो हो त

TED2016

छेरिङ् तोग्बे: यो मुलुक कार्वन सन्तुलन गर्ने मात्र होइन - यो त कार्वन ऋणात्मक पो हो त
4,118,176 views

हिमालयको भित्री तहमा, चीन र भारतको साँधमा, कार्वन कम गर्ने अभियानमा प्रतिबद्ध राजतन्त्रात्मक देश भूटान अवस्थित छ । यस ज्ञानवर्धक प्रस्तुतिमा भूटानका प्रधानमन्त्री छेरिङ् तोग्बेले आर्थिक वृद्धिभन्दा जनतामा खुशीको वृद्धि, वातावरण संरक्षणमा विश्व मानदण्ड अनि आफ्नो देशको अभियान आदि विषयमा स्पष्ट धारणा राखेका छन् ।

मेलाती र इसाबेल  विज्सेन: बालीमा प्लास्टिक ब्याग बन्द गर्ने हाम्रो अभियान

TEDGlobal>London

मेलाती र इसाबेल विज्सेन: बालीमा प्लास्टिक ब्याग बन्द गर्ने हाम्रो अभियान
1,581,556 views

बास्तवमा प्लास्टिकहरु पूर्णतया नस्ट हुदैनन्, तैपनि इनिहरुको प्रयोग हुन्छ र यत्र तत्र छरिन्छ । धेरै जस्तो प्लास्टिकहरुको यात्रा समुद्रमा गएर टुंगिन्छ, र पानी प्रदुषण गरेर सामुन्द्रिक जीवहरु नस्ट गर्दछ । बाकी प्लास्टिकहरु बाल्ने गरिन्छ, जसले हानिकारक ग्याँसहरु उत्पादन गरेर प्रदुषणको मात्र बढाउँछ । मेलाती र इसाबेल विज्सेन आफ्नो सुन्दर घर बालीलाई प्लास्टिकको फोहरले निसास्सिन बाट बचाउन प्रयत्न गर्दैछन । उनीहरुले निबेदन लेख्ने, सामुद्रिक किनारा सफा गर्ने देखि लिएर भोक हड्ताल सम्म गरेर, बालीको गवर्नरसंग भेटेर सन् २०१८ सम्ममा बालीलाई प्लास्टिक मुक्त क्षेत्र बनाउन कठिन परिश्रम गर्दै छन । कुनै पनि मानिसलाइ - तिमी सानो छौ, तिमीले गर्न सक्दैनौ भन्ने अवसर नदिनु । उनीहरु भन्छन - यो सजिलो छैन, तर यस्तो कार्यको मूल्य धेरै छ ।

ओंमावा शेल्ड्स: हामी अरु ग्रहहरुमा कसरी जीवन खोज्छौ

TED2015

ओंमावा शेल्ड्स: हामी अरु ग्रहहरुमा कसरी जीवन खोज्छौ
1,734,106 views

खगोलविद ओंमावा शेल्ड्स वायुमण्डल र त्यसको तर बिचको दुरीको अधारमा ब्रम्हाण्डमा कहीं पनि जीवन भेटिन सकिने सम्भावनाको खोजि गर्छिन . उनको फुर्सदको समयमा शास्त्रिय बिधि प्रशिक्षित अभिनेत्री (र TED मित्र) युबतीहरुलाइ नाटक, लेखन तथा प्रदर्शन कलाको माध्यमले बिज्ञान सिकाउने गर्छिन . उनि भन्छिन:- "हुन सक्छ कुनै दिन खगोलबिध भएर, अन्तरविरोधले भरिपूर्ण हुदै, कुनै दिन- ब्रम्हाण्डमा हामी मात्रै एक्लो छैनौ भन्ने जानकारी विश्वलाइ दिन सक्नेछन्"

हिलारी कोट्टाम: सामाजिक सेवाहरू समस्याग्रस्त छन् । हामी त्यो सुधार्न सक्छौं

TEDGlobal>London

हिलारी कोट्टाम: सामाजिक सेवाहरू समस्याग्रस्त छन् । हामी त्यो सुधार्न सक्छौं
781,477 views

कहिलेकाही बेरोजगारी, लागूपदार्थ, खराब सम्बन्धहरू र केहि दुर्भाग्यका कारण एउटा परिवार अभावग्रस्त हुन्छ, अनि त्यहाँ सामाजिक सेवा प्रवाह गरी त्यसलार्इ अभावमुक्त गराउने ठानिन्छ । हिलारी कोट्टाम भन्छिन् – बेलायतमा यस्तो अभावग्रस्त परिवारका लागि विभिन्न ७० भन्दा बढी सेवाहरू उपलब्ध हुन्छन् तर ती मध्ये कुनै सेवाले केहि प्रभाव छाड्न सकेका छैनन । कोट्टाम जो स्वंय एक सामाजिक कार्यकर्ता हुन, उनले हामीहरूलार्इ यो जटिल र गम्भीर समस्याका समाधानका उपायका बारेमा सोच्न आग्रह गर्दैछिन। हामी कसरी यस्तो सहयोग चाहिएकाहरू र दिनेबीच सहयोगी र प्रेरक सम्बन्ध स्थापित गराउन सक्छौं ?

सेसर हरदा: म कसरी केटाकेटीहरुलाई बिज्ञानप्रतिको मोह जगाउछु

TED Fellows Retreat 2015

सेसर हरदा: म कसरी केटाकेटीहरुलाई बिज्ञानप्रतिको मोह जगाउछु
1,776,679 views

हंगकंगको हर्बर स्कुलमा सेसर हरदा दोस्रो पुस्ताका बाताबरणविदहरुलाई नागरिक बिज्ञान र आविस्कार सिकाउछन् । उनले कक्षालाइ नै औद्योगिक क्षत्रमा लगेर केटाकेटीहरुलाइ काठ, धातु, रसायन शास्त्र, जीव बिज्ञान, आँखा सम्बन्धि र कहिले कहीं समुद्रले झेली रहेको समस्या समाधानको उपकरण पनि आविस्कार गर्न लगाऊछन् । उनलाई सानैमा अविभावकहरुले सिकाएको - तिमी भद्रगोल त पार्न सक्छौ, तर सफा आफैंले गर्नु पर्छ" भन्ने ज्ञानले मार्ग दर्शन गर्दछ ।

ग्रेग गज: आफ्नो मस्तिष्कमार्फत कसरी अरुको हात नियन्त्रण गर्ने

TED2015

ग्रेग गज: आफ्नो मस्तिष्कमार्फत कसरी अरुको हात नियन्त्रण गर्ने
9,669,307 views

ग्रेग गज मस्तिस्क बिज्ञान सबैको पहुँचमा होस् भन्ने अभियानमा लागेका छन् । स्नायु विशेषज्ञ एवं TED का वरिष्ठ सहकर्मी, यो रमाइलो तथा आश्चर्यजनक प्रस्तुतिमा साधारण तथा कमखर्चिलो DYI किटद्वारा एक दर्शकको स्वतन्त्रता हरण गरेर देखाउदैछन् । यो कुनै हातको सफाई होइन, बास्तबिकता हो । बिश्वासको लागी तपाईंले यो प्रस्तुति हेर्ने पर्छ ।

बेल पेस्के: सपनाहरुको हत्या गर्ने ५ तरीका

TEDGlobal 2014

बेल पेस्के: सपनाहरुको हत्या गर्ने ५ तरीका
5,370,012 views

हामी सबैजना खेल रुपान्तरण गर्ने उत्पादन, सफल कम्पनिको सुरुवात, Best Seller किताब लेखनको सपना देख्छौं, तर थोरै जनामात्रै यसमा लाग्छौं । ब्राजिलका व्यवसायी बेल पेस्के - हाम्रो सपनाको परियोजनालाइ यथार्थको धरातलमा ल्याउन नदिने ५ सरल कथाहरुको बारेमा बखान गर्दैछन् ।

म्याथ्यु रि'का: 'परोपकार'लाई कसरी आफ्नो मार्गदर्शक बनाउने

TEDGlobal 2014

म्याथ्यु रि'का: 'परोपकार'लाई कसरी आफ्नो मार्गदर्शक बनाउने
2,200,601 views

परोपकार भनेको के हो ? सोझो शब्दमा भन्ने हो भने ‘सबैजना सुखी होऊन्’ भन्ने कामना गर्नु नै परोपकार हो । अनि, सुख के हो त भनेर यसको अनुसन्धानमा लागेका बौद्ध भिक्षु, म्याथ्यू रि’का काम र आफ्नो जीवनमा क्षणिक र दूरगामी दुवै निर्णय लिनु अघिको हेर्ने ठूलो दुरबिन नै परोपकार, हो भन्दछन् ।

स्टेभेन आदिस: स्टेभेन आदिस: पिता-पुत्री बन्धन, एक पछि अर्को फोटो मा ...

TED2012

स्टेभेन आदिस: स्टेभेन आदिस: पिता-पुत्री बन्धन, एक पछि अर्को फोटो मा ...
1,553,695 views

धेरै समय पहिले न्यु योर्क शहरमा, स्टेभेन आदिस आफ्नी १ बर्ष कि छोरीलाई पाखुरामा बोकेर एउटा कुनामा उभिए; र उनकी श्रीमतीले एउटा फोटो खिचिन | त्यो तस्विरले एउटा रिति सुरु गर्ने प्रेरणा दियो; जसमा आदिस र उनकी छोरी त्यहि फोटो खिच्छन, त्यहि ठाउमा, प्रत्येक बर्ष | आदिसले त्यो क्रमका १५ वटा मुल्यवान तस्बिरहरु देखाउछन् र खोतल्छन किन त्यो सानो र निरन्तर रितिले त्यति धेरै महत्व राख्छ भनेर |

न्यान्सी लाब्लिन!: जीवन जोगाउने टेक्स्टींग

TED2012

न्यान्सी लाब्लिन!: जीवन जोगाउने टेक्स्टींग
1,085,627 views

न्यान्सी लबलीनले जब किशोर किशोरीहरुलाई सहयोग पुर्याउन आफ्नो सामाजीक एडभोकेसी संगठनबाट टेक्स्ट मेसेज पठाउन शुरु गरिन्, उनले थाहा पाएको कुरा स्तब्धकारी थियो। तिनीहरुले उनलाई नै आफ्ना नीजी समस्याहरुका बारे टेक्स्ट पठाउन थाले। आफूले भोगेको डरधम्कीको घटना देखि अवसाद र दुर्व्यवहारका कुरा सम्म। त्यसैले उनी संकटको बेला टेक्स्ट मात्र गर्न सकिने हटलाइन स्थापना गर्दैछिन्, र त्यसको परिणाम उनले अपेक्षा गरेभन्दा पनि बढी महत्वपूर्ण हुनसक्छ।

ल्यारी स्मिथ: सर्बोत्कृस्ट पेशा प्राप्त गर्नबाट तपाईं कसरी वन्चित हुनुहुनेछ

TEDxUW

ल्यारी स्मिथ: सर्बोत्कृस्ट पेशा प्राप्त गर्नबाट तपाईं कसरी वन्चित हुनुहुनेछ
6,789,574 views

यो रमाइलो र सिधा साधा प्रसंगमा ल्यारी स्मिथ - आफ्नो अभिलाषाको पछि लाग्न नसकेर अनर्गल बहाना बनाउनेहरुको खेदो खन्दै छन्

जो साइबा :“कथा प्रस्तुतिको प्रविधि”

Full Spectrum Auditions

जो साइबा :“कथा प्रस्तुतिको प्रविधि”
1,352,099 views

कथा वाचक जो साबिया आफ्नो आइ-प्याडको सहायताले हामीलाई लोथर मेगनडोर्फरका बारेमा सुनाउछन्। लोथर जसले १९औं शताब्दिको अन्त्यमा पप-अप चित्र कथाको आविश्कार गरेका थिए । साबिया हामिलाई कसरी हामिले आफ्ना कथाहरु ओडारका भित्तामा कोर्न बाट शुरु गरेर, यो फोन इन्टरनेट र आइ-प्याड (जुन उनले यो प्रस्तुतिमा प्रयोग गरेका छन्) सम्म आइपुग्यौं भन्ने कथा सुनाइरहेका छन्।

जुलियन ट्रेजर: राम्रो सुन्ने ५ तरिकाहरु

TEDGlobal 2011

जुलियन ट्रेजर: राम्रो सुन्ने ५ तरिकाहरु
8,060,876 views

अहिलेको हाम्रो कोलाहलमय संसारको परिप्रेक्ष्यमा, ध्वनिविद् जुलियन ट्रेजर भन्छन्, "हामीहरु सुन्ने क्षमता गुमाईरहेका छौँ।यो छोटो, आकर्षक प्रवचनमा, ट्रेजरले पाँच उपाय सुझाउँछन दक्ष सुनाईका -- अरु मानिसहरु र तपाईँ वरिपरिको संसारलाई सुन्ने।

चराजस्तै उड्ने रोबोट

TEDGlobal 2011

चराजस्तै उड्ने रोबोट
8,646,669 views

धेरै रोबोटहरु छन् जो उड्न सक्छन् -- तर साच्चैको चराजस्तो उड्न सक्ने छैनन् । तर त्यो सम्भव त्यतिबेला भयो जब मार्कस फिसर र उनको फेस्टो स्थित सहयोगीहरुले स्मार्टबर्ड बनाए। सिगल नामक चरामा आधारित एउटा अत्यधिक हलुका रोबोट बन्यो, जुन सिर्फ पँखेटा फड्फडाएर उड्छ। टेड ग्लोबल २०११को एउटा ताजा प्रस्तुति ।

टेन्डी न्युटन: लुकेको आफ्नोपनलाई अँगालो हाल्दा, आफुले आफैलाई अँगाले

TEDGlobal 2011

टेन्डी न्युटन: लुकेको आफ्नोपनलाई अँगालो हाल्दा, आफुले आफैलाई अँगाले
3,029,159 views

टेन्डी न्युटन, बेलाएती नायीका, लुकेको "आफ्नोपन" को कथा भन्छिन--उनी दुई फरक संस्कृतीमा हुर्किईं, त्सपछि फिल्मका धुरै पात्रको आभिन गरिन/ मन छुने, शन्देस बोकेको उनको यो कथा, टेड २०११ परस्तुतीमा

म्याट कट्ट्स: ३० दिन सम्म केहि नयाँ कामको प्रयास गर्नुस

TED2011

म्याट कट्ट्स: ३० दिन सम्म केहि नयाँ कामको प्रयास गर्नुस
12,215,040 views

के तपाईंले पहिले देखिनै गर्न मन भएको, गर्न चाहेको, तर...... गर्न नसक्नु/नगर्नु भएको कुरा छ? म्याट कट्ट्स भन्छन : ३० दिन सम्म त्यो कामको प्रयास गर्नुस। यो सटिक प्रवचनले योजना कसरि बनाउने र कसरि सफल पर्ने भन्ने तरिका सिकाउछ।

टेरी मूर: जुत्ताको तुना कसरी बाध्ने?

TED2005

टेरी मूर: जुत्ताको तुना कसरी बाध्ने?
7,612,252 views

टेरी मूर आफूले जिन्दगीभर जुत्ताको तुना गलत ढंगले बाधेका कुरा थाहा पाए । टेडको स्टेजमा आज उनले तुना बाध्ने गतिलो तरिका सिकाउदै छन्। (नोट (इतिहास) : यो प्रस्तुति २००५ मा टेड को स्टेजमा श्रोताहरूको तर्फबाट दिइएको ३-मिनेटको पहिलो प्रस्तुति हो।

माईक मटास: नयाँ पुस्ताको डिजिटल किताब

TED2011

माईक मटास: नयाँ पुस्ताको डिजिटल किताब
1,728,557 views

सफ्टवेयर निर्माणकर्ता माइक मटासले पहिलो एउटा एकदमै नयाँ, सार्न सकिने भिडियो र चित्रहरू अनि चलाएर हेर्न मिल्ने उपयोगी तथ्यांक सहितको पूर्ण लम्वाईको पारस्परिक क्रियात्मक पुस्तक प्रदर्शन गर्नु हुन्छ| यो अल गोरको "एन इन्कन्भेनिएन्ट ट्रुथ" को शिलशिलामा आएको "आवर च्वाइस" भन्ने पुस्तक हो|

रिक एलियास: मेरो हवाइजहाज दुर्घटनाग्रस्त हुदा मैले सिकेका ३ वटा कुराहरू

TED2011

रिक एलियास: मेरो हवाइजहाज दुर्घटनाग्रस्त हुदा मैले सिकेका ३ वटा कुराहरू
7,721,543 views

रिक एलिआस उडान १५४९ को पहिलो लहरको सिटमा बस्नुभएको थियो, जुन दुर्घटनाग्रस्त हवाइजहाज न्युयोर्क स्थित हड्सन नदीमा जनवरी २००९ मा अवतरण गरिएको थियो | त्यो अभागी जहाज तल झरिरहदा उहाको दिमागमा के भइरहेको थियो | आज TED मा प्रथमपटक उहाँ आफ्नो कथा सार्वजनिक गर्दैहुनुहुन्छ |

अनिल अनन्थस्वामी— चरम खगोल भौतिकशास्त्र गर्न के चाहिन्छ?

INK Conference

अनिल अनन्थस्वामी— चरम खगोल भौतिकशास्त्र गर्न के चाहिन्छ?
572,135 views

यो ग्रहभरी, विशाल दूरदर्शकहरु तथा संसूचकहरुले हेर्दै (एवं सुन्दै) छन् ब्रह्माण्डको क्रियाकाण्डका सङ्केतहरु । आइ एन् के (नवाचार तथा ज्ञान) सम्मेलनमा, विज्ञान लेखक अनिल अनाथस्वामि हामीहरुलाई भूमण्डलका अति दूरस्थ तथा शान्त स्थानमा रहेका यी अद्भुत अधिष्ठापनको पर्यटन गराँउछन् ।

क्याथरिन स्कल्ज: गलत हुदाँ खेरि

TED2011

क्याथरिन स्कल्ज: गलत हुदाँ खेरि
4,826,828 views

हामीमध्ये धेरैजसो आफुँ गलत नदेखिन जे गर्न पनि पछि पर्दैनौँ। तर हाम्रो यो सोचाइ नै गलत छ भने?"गल्तीविद" क्याथरिन स्कल्ज यस्तो कुरा गर्छिन कि जसले हाम्रा गल्तीलाइ स्विकार गर्ने मात्र होइन कि हृदयबाटै लिन बाध्य गराउँछ।

सेबस्टियन थ्र्रुन : गूगलको चालकबिनको गाडी

TED2011

सेबस्टियन थ्र्रुन : गूगलको चालकबिनको गाडी
3,196,365 views

सेबस्टियन थ्र्रुनले गूगलको चालकबिनै चल्ने आस्चर्यमय गाडी बनाउन मद्दत गरे, जुन ज्यान बचाउन र सवारी दुर्घटना घटाऊने व्यक्तिगत खोजको प्रेरणा बाट प्रभाबित थियो | DAPRA च्यालेंज जितेको यो कारको आश्चर्यचकित पार्ने भिडियोहरुमा, व्यस्त सडकमा बिना कुनै चालक कार गूडीरहेको हेर्न सकिन्छ, र TED २०११ मा गरिएका भिडियो प्रदर्शनीमा यो गाडी कती छिटो सम्म दौडन सक्छ भन्ने कुरो जान्दा अपत्यारिलो लाग्दछ|

प्याट्रीसिया रायन: अंग्रेजीमा जोड नदिनुस !

TEDxDubai

प्याट्रीसिया रायन: अंग्रेजीमा जोड नदिनुस !
2,138,668 views

टेड एक्स दुबईमा लामो समय कि अंग्रेजी शिक्षिका प्याट्रीसिया रायन उत्तेजक प्रस्न सोध्छिन् : के विश्वको अंग्रेजी भाषा केन्द्रीकरणले अन्य भाषामा भएका महान विचारहरुलाई सम्प्रेसित हुन बाधा पुर्याइरहेको छ? (उदाहरण को लागि : आइन्स्टाइनले टोफेल (TOEFL) पास गर्नुपरेको भए के हुन्थ्यो?) विचार को अनुवाद र आदानप्रदान को भावुक रक्षा |